ताजा समाचार


होम आइसोलेसनमा रहेका पूर्वराजा शाह दम्पती अस्पताल भर्ना

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १६: १० मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन् ।

शाह दम्पती शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमलाल सापकोटाले जानकारी दिए ।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भइ गत आइतबार स्वदेश फर्किएका उनीहरुलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्तपालमा भर्ना भएका शाह दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top