ताजा समाचार


टि–२० अन्तर्राष्ट्रिय सिरिज : नेदरल्याण्डले टस जित्यो, नेपालले ब्याटिङ्ग गर्ने

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १३: २३ मा प्रकाशित




काठमाण्डौ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल केही समयपछि सुरु हुँदैछ । नेदरल्याण्डले टस जितेर बलिङ रोजेको छ । नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

एक अर्काविरुद्ध खेलेका समूह चरणका दुई खेलमा नेपाल र नेदरल्याण्डले एक–एक जित निकालेका थिए । पहिलो खेल नेपालले ९ विकेटले जितेको थियो । दोस्रो खेलमा नेदरल्याण्ड ३ विकेटले विजयी भएको थियो ।

४ मध्ये ३ खेलमा जित हात पार्दै नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । ४ खेलमा दुईमा जित र एक खेलमा स्कोर बराबरी भएर अंक बाँडेको नेदरल्याण्ड उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

सिरिजमा सहभागी तेस्रो टोली मलेसिया समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top