ताजा समाचार


धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी श्रेष्ठलाई सम्मान

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १३: ०१ मा प्रकाशित




काठमाण्डौ । धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा काठमाण्डौको बल्खुमा बस्ने श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाण्डौ उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचनाहरु नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top