ताजा समाचार


भारतमा एकैदिन ३ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १२: २२ मा प्रकाशित




एजेन्सी । भारतमा लगातार ३ दिनदेखि ३ लाख भन्दा बढी संख्यामा कोरोेनाका नयाँ संक्रमित देखिएका छन् । शुक्रबार लगातार तेस्रो दिन पनि भारतमा संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ ।

भारतीय मिडियाका अनुसार शुक्रबार देशभर थप ३ लाख ४५ हजारभन्दा बढीमा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो । बिहीबार भारतमा दोस्रो धेरै ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६६ लाखभन्दा बढी पुगेको छ । जसमध्ये कम्तिमा १ करोड ३८ लाख ६२ हजार जना संक्रमणमुक्त भएका भारतीय मिडियाले जनाएका छन् ।

भारतमा शुक्रबारमात्रै कोरोना संक्रमणबाट २ हजार ६२० जनाको निधन भएको भारतीय अनलाइन दैनिक भास्करले लेखेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top