ताजा समाचार


२५ जना भन्दा बढी जम्मा हुने कार्यक्रममा कडाई गर्ने प्रदेश सरकारको निर्णय

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, ११: ५४ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश २ सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज विहान आफ्नो निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरि सरकारले हालसम्म चालेको कदमहरुबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेका छन् ।

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।

बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाई गर्दै रोक लगाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top