ताजा समाचार


कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारकोे निर्देशन

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १७: ५४ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रुप लिदैं गईरहेको कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरोकारबाला निकायहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरुलाई आ–आफ्नो क्षेत्रको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

बैठकले प्रदेशका आठवटै जिल्लामा रहेको पिसिआर ल्याबका लागि आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने, जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरुबाट संकलन गर्ने तथा प्रादेशिक अस्पतालस्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई समेत निर्देशन दिइएको छ ।
बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन कमिटी र आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने गरी प्राविधिक समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top