ताजा समाचार


सुपर लिगका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १७: ४२ मा प्रकाशित




काठमाण्डौ । नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार रकमका बारेमा जानकारी गराएको हो । उपविजेताले १५ लाख तथा विधागत उत्कृष्ट हुनेले जनही १ लाख पाउने छन् ।

हरेक खेलका ‘म्यान अफ द म्याच’ ले २५ हजार पाउने छन् । त्यस्तै प्रत्येक खेलमा उदीयमान खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने लिग वैशाख ११ देखि जेठ १ सम्म दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटबल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top