ताजा समाचार


कोरोना संक्रमितको निको हुने दर ९३.९४ प्रतिशतमा झर्यो

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १७: ३८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको निको हुने दर ९८ प्रतिशतसम्म रहेको अवस्थामा विस्तारै ओरालो लाग्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमित निको हुने दर घटेर ९३.९४ प्रतिशतमा झरेको हो । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या पनि बढेर ५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्युदर १.०६ प्रतिशत रहेको छ ।

नेपालमा भेटिएका २ लाख ९४ हजार ६०१ संक्रमितमध्ये हालसम्म २ लाख ७६ हजार ७ सय ५५ जना निको भइसकेका छन् । त्यस्तै ३ हजार १ सय २२ जनाले ज्यान गुमाइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ रहेको छ ।

नेपालमा दिनदिनै कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभरी २५ सय ५९ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top