ताजा समाचार


संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई कारबाही

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १४: १७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top