ताजा समाचार


ओलीले गरे पार्टीको स्थायी कमिटी गठन, गौतमलाई राखिए पनि खनाल र नेपालतर्फका कसैलाई राखिएन्

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १३: ४३ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

ओलीले गठन गरेको स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको पनि झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई राखिएको छैन् । एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top