ताजा समाचार


राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री ओलीलाई दिए धन्यवाद

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १३: १३ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाभूकम्पले ध्वस्त बनाएको संरचना पुनर्निर्माण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष थापाले वि.सं. २०७२ सालको महाभूकम्पबाट ध्वस्त भएको रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरवार हाइस्कुलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय भएको बताएका छन् ।

अध्यक्ष थापाले पुनर्निर्माण भएका संरचनाले काठमाडौंको सौन्दर्य बढाएको पनि बताएका छन् । उनले ती संरचनाले काठमाडौं रमणीय बनेको बताएका हुन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र प्राधिकरणलाई धन्यवाद दिएका हुन् । उनले विभिन्न संरचनाको पुनर्निर्माणमा संलग्न सबैजना बधाई र धन्यवादको पात्र भएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top