ताजा समाचार


भारतमा कोरोना थप भयावह, ३ लाख ३२ हजार ७३० नयाँ संक्रमित थपिए

द रियल समाचार     २०७८ बैशाख १०, शुक्रबार, १३: ०६ मा प्रकाशित




काठमाण्डौ । भारतमा कोरोनाभाइरस थप भयावह बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३२ हजार ७ सय ३० जना कोरोनाभाइरसका नयाँ संक्रमितहरु थपिएका छन् ।

यस अवधिमा देशभर २ हजार २ सय ६३ संक्रमितको निधन भएको छ । विश्वभर एकैदिनमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएको यो पहिलो पटक हो ।

भारतमा कोरोनाभाइरसको यो दोस्रो उछालले भारतीय स्वास्थ्य क्षेत्रमा निकै ठूलो समस्या थपेको छ । भारतका मुख्य सहरहरु दिल्ली, मुम्बईलगायतका सहरमा अस्पतालमा अक्सिजनको कमी भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ६२ लाख ६३ हजार कटिसकेको छ । त्यस्तै कोरोनाका कारण भारतमा अहिलेसम्म १ लाख ८६ हजारको निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top