ताजा समाचार


महासचिव यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १९: ११ मा प्रकाशित




एजेन्सी । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन भएको छ ।

यचुरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो जेठो छोरा आषीष यचुरीको कोरोनाका कारण आज विहान निधन भएको जनाएका छन् ।

एक हप्तादेखि कोरोनाको उपचार गराइरहेका उनको ३५ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महासचिव यचुरीले आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स लगायतलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top