ताजा समाचार


वीरगञ्जबाट पेस्तोलसहित एक युवक पक्राउ

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १९: ०३ मा प्रकाशित




पर्सा । वीरगञ्जबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजुराना मगर रहेको प्रहरीले जनाएको छ ।

भारतको रक्सौलबाट आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट उनी पक्राउ परेका हुन् ।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट पेस्तोल १ थान र पाइन्टको खल्तीमा लुकाइराखेको सोही पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका मगरलाई हातहतियार सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top