ताजा समाचार


नेपालमा बिहीबार २४२८ नयाँ संक्रमित थपिए, ५ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १७: २५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् ।

जसमा पिसिआर परीक्षणबाट २ हजार ३ सय ६५ र एन्टिजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १० हजार १ जनाको पिसिआर र ४ सय ४७ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । २४ घण्टामा २ सय ५२ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३ हजार १ सय १७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top