ताजा समाचार


बाँकेमा कोरोना संक्रमणबाट थप एक बृद्धाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १३: ४३ मा प्रकाशित




बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१७ की ८६ वर्षीया बृद्धा रहेकी छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् । ओलीका अनुसार उपचारको क्रममा बिहीबार बिहान करिब २ः१५ बजे उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top