ताजा समाचार


मुख्यमन्त्री राईविरुद्ध अभिव्यक्ति दिएपछि बालिका खड्का पक्राउ

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १३: ३८ मा प्रकाशित




विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अभिव्यक्ति दिएपछि बालिका खड्का पक्राउ परेकी छन् । नेकपा एमालेको नयाँ मुख्यालय थापाथलीबाट खड्का पक्राउ परेकी हुन् ।

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको हो । नयाँ कार्यालयमा आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

धुम्बाराहीमा रहेको एमालेको मुख्यालय आजदेखि थापाथलीमा सरेको हो । २०७२ सालको भूकम्पमा बल्खु मदननगरमा रहेको कार्यालय क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीमा मुख्यालय राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top