ताजा समाचार


आफूहरु पराजित भएका छैनौँ : प्रचण्ड

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १३: ३१ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता जोगाउन नसकेपछि आफूहरु पराजित नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘म के देख्छु भने, अहिले पनि हाम्रो अगाडि विशाल सम्भावनाहरू छन् । यद्यपी प्रतिक्रियावादीहरु र पार्टीभित्रै घुसेका प्रतिक्रान्तिकारीहरु मिलेर हाम्रो पार्टीलाई विभाजित गरे । तर, हामी कम्युनिष्ट आन्दोलनको एकताको झण्डा झुक्न दिने छैनौं ।’

साथै, उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमन विरोधी शक्ति एकजुट हुनुपर्ने बताए । उनले तत्कालीन नेकपाका अध्यक्ष ओलीले पार्टीमा विदेशी शक्तिको आडमा संविधान मिचेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top