ताजा समाचार


‘राधे : योर मोस्ट वान्टेड भाइ’ प्रदर्शनको तयारीमा

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १३: ०० मा प्रकाशित




एजेन्सी । कोरोनाका कारण धेरै क्षेत्रले आफ्नो स्वरुप फेरेको छ । बलिउड अभिनेता सलमान खान पनि आफ्नो व्यापारको मोडल परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन् ।

उनले आफ्नो चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाइ’ हाइब्रिड रिलिजको तयारी थालेका छन् । अभिनेता खानले यस चलचित्रलाई हल र डिजिटल प्लेटफर्म दुवैमा एक साथ रिलिज गर्ने तयारीमा छन् ।

सलमानको यो चलचित्र सन २०२१ को इद पर्वको अवसर पारेर मे १३ मा रिलिज गर्ने तयारी थियो । तर, कोरोनाको दास्रो लहको प्रभाव देखिएसँगै अब तोकिएको मितिमा चलचित्र रिलिज हुन्छ हुँदैन भन्ने अन्यौलता थपिएको छ । यहि अन्यौलताका बी सलमान र स्टुडियो पार्टनर जीले ‘हाइब्रिड’ रिलिज गर्ने निर्णय गरेको हो ।

सलमान र जी स्टुडियोको यो निर्णयलाई बलिउडका दर्शकले स्वागत गरेकान छन् । गाह्रो समयमा दर्शकलाई सजिलो हुने गरि चलचित्र देखाउन खोज्नु उनीहरुको सकारात्मक प्रयास भएको बताइएको छ । एउटै चलचित्रका दर्शक यो समय कोहि हलमै गएर चलचित्र हेर्न चाहन्थे भने कोहि घर बाहिर निस्कन चाहँदैनथे ।

यो फिल्मले ति दुवै दर्शकको भावनालाई समेटेको भन्दै सलमानको प्रशंसा भइरहेको छ । जी प्लेक्समार्फत रिलिज हुने यो चलचित्र हेर्न दर्शकले केहि रकम भने तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top