ताजा समाचार


अभिनेत्री केकी अधिकारी ३ दिनमै कोरोनामुक्त

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १२: ५२ मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी अभिनेत्री केकी अधिकारीको ३ दिनमै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

आफ्नो रिपोर्ट नेगेटिभ आएपछि अभिनेत्री अधिकारीले फेसबुकमा स्टाटस लेख्दै जानकारी गराएकी छिन् । ‘केही दिनअघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराएँ । जसमा मलाई कोरोना पोजिटिभ देखियो’ उनले लेखेकी छिन्, ‘चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ ।’

केकीले अगाडी लेखेकी छिन्, ‘तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो । नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।’

उनले आफूलाई कोरोना संक्रमण भएको खबर बाहिरिएपछि थुप्रैको फोन र म्यासेजको प्रतिउत्तर फर्काउन नसकेको उल्लेख गरेकी छिन् ।
आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चासो राख्ने सबैलाई धन्यबाद दिदै आफूलाई बुझिदिन भनेकी छिन् । केकीले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top