ताजा समाचार


रौतहटमा चट्याङ लागेर एक पुरुषको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १२: ४३ मा प्रकाशित




रौतहट । रौतहटमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजारा नगरपालिका–७ पल्टुवागाउँका ४५ वर्षीय लक्षण महरा रहेका छन् ।

हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान शौच गर्न घरबाट खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको थियो ।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top