ताजा समाचार


सिरहाको मिर्चैयामा भिषण आगलागी, १५ लाख बराबरको क्षति

द रियल समाचार     २०७८ बैशाख ९, बिहीबार, १२: ३७ मा प्रकाशित




सिरहा । सिरहाको मिर्चैयामा भिषण आगलागी भएको छ । जिल्लाको मिर्चैया नगरपालिका–६ स्थित जीवामा भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको हो ।

बुधबार राति करिब सवा १० बजे स्थानीय सन्तु राउतको घरमा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । आगलागीमा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउतको दाहिने हात पोलेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट उनको घर समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका सम्पूर्ण सामानहरु पनि जलेको प्रहरीले जनाएको छ ।स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट एक घण्टापछि आगो निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top