ताजा समाचार


बजाज मोटरसाइकल खरिद गर्दा रोशनले पाए १० लाख

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १९: ०२ मा प्रकाशित




जनकपुरधाम । बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एकजना भाग्यशाली विजेताले १० लाख रुपैयाँ उपहार पाएका छन् ।

जिल्लाको माटिझिटकहिया–६ बस्ने रोशन साफीले बजाज कम्पनीको पल्सर १५० सीसी मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका छन् । जनकपुरधामको मुजेलियास्थित ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्तर्गत सवैभन्दा कम १० हजार र सवैभन्दा बढी १० लाखको इनाम राखिएको छ ।

साफीलाई बुधवार ओम अटो मोवाइल्समा आयोजित एक कार्यक्रमका बिच १० लाखको चेक हस्तान्तरण गरिएको छ । बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको बताइएको छ । बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिकोलागि एकदमै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरिरहेका छन् ।

शुन्य अफर लागु भएपछि अहिलेसम्म ओम अटो मोवाइल्सबाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भईसकेको बताइएको छ ।
बजाज शुन्य अफर स्किम अन्तर्गत यसअघि महोत्तरीको महदैया तपनपुरका बृशेष कुमार यादवले चैत ३ गते १ लाख रुपैयाँ उपहार पाएका थिए ।

चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top