काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारबाहीबाट जोगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका माधवकुमार नेपाल समूहको रिट बुधबार दर्ता हुन सकेको छैन् ।
ओलीले राजनीतिक दलसम्बन्धी ऐनविपरीत आफूहरुलाई पदमुक्त गर्न खोजिएको भन्दै एमालेको नेपाल समूह अदालत पुगेको थियो । तर, समय अभावको कारण देखाउँदै अदालतले उनीहरुको रिट दर्ता गरेको छैन् ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने ? भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधेको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको थियो ।
नेपाल समूह दिउँसो ३ बजे अदालत पुगेको थियो । कर्मचारीले नभ्याउने भनेर दर्ता नगरेको नेपाल पक्षबाट मुद्दा दर्ता गर्न गएका अधिवक्ता टीकाराम भट्टराईले जानकारी गराएका छन् ।
प्रतिक्रिया