जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानबाट दुईजनाको शव फेला परेको छ ।
बुधबार जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर–६ मा करिब २४ वर्षीय एक युवक र मनरासिस्वा नगरपालिका वडा नम्बर–१० मा करिब ७५ वर्षीया बृद्धाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सम्सी गाउँपालिकामा फेला परेको शवको भने सनाखत हुन सकेको छैन् । आज विहान युवकको शव फेला परेको थियो । शव अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
त्यस्तै मनरासिस्वा नगरपालिकामा फेला परेको शव बृद्धाको रहेको र उनको मानसिक सन्तुलन ठिक नभएको तथा मागेर खाने गरेको अहिलेसम्म खुलेको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।
प्रतिक्रिया