ताजा समाचार


नेपालमा बुधबार २३५१ जनामा कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १६: ५५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । त्यसैगरी ८ सय ३ जनामा एन्टिजेन परीक्षण गरिएको गौतमले बताए ।

जस अनुसार पिसिआर विधिबाट २ हजार २ सय २० जनामा कोरोना देखिएको छ भने १३१ जनामा एन्टिजेन विधिबाट कोरोना पुष्टि भएको गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top