ताजा समाचार


ओलीविरुद्ध नेपाल र खनाल सर्वोच्च जाँदै

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १५: ३७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सर्वोच्च अदालत जाने भएका छन् ।

खारेजीमा परेको नेकपाको जस्तै विवाद एमालेमा पनि जारी रहेका बेला नेपाल–खनाल समूह ओलीविरुद्ध अदालत जाने तयारीमा जुटेको हो ।ओलीले नेकपा एमाले विभाजनको योजनामा लागेको भन्दै संसदीय दलमार्फत स्पष्टीकरण पत्र पठाएपछि खनाल–नेपाल समूह सर्वोच्च अदालत जान लागेको छ ।

यो समूहले आफूहरुले समानान्तर गतिविधि गरिरहे पनि एमाले विभाजनको कुनै निर्णय नलिएको भन्दै ओलीको पत्रविरुद्ध अदालत जाने निचोड निकालेको छ । नेपाल–खनालका सांसदहरु दलसम्बन्धी कानुन प्रतिकूल हुनेगरी समानान्तर गतिविधिको आरोपमा सांसदहरू माथि कारबाही गर्न स्पष्टीकरण पत्र पठाइएको भन्दै अदालत जाने निर्णयमा पुगेका हुन् ।

उनीहरुले आफूनिकट कानुन व्यवसायीमार्फत ओलीविरुद्ध सम्प्रेषणसम्बन्धी मुद्दा दर्ता तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top