एजेन्सी । भारतले कोरोना भाइरस खोपको उत्पादनको परिमाण बढाएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उक्त खोपको अधिक उत्पादन थालेको हो ।
उत्पादित खोप सरकारी तथा सम्पूर्ण निजी अस्पतालहरुमा वितरण गर्ने सिरम इन्स्टिच्युटले जनाएको छ । आगामी दुई महिना भित्र खोपको उत्पादनमा वृद्धि गरी पहुँचमा सहजता ल्याउने कम्पनीले जनाएको छ ।
भारतमा सरकारी र निजी अस्पतालका लागि उक्त खोपको मूल्य पनि निर्धारण भइसकेको छ । जसमा सरकारी अस्पतालमा ४ सय र निजी अस्पतालमा ६ सय भारतीय रुपैयाँ खोपको मुल्य रहेको छ ।
भारत अन्य देशको तुलनामा खोपको मूल्य कम हुने गरी वितरण गर्ने तयारीमा छ । हाल भारतीय बजारमा अमेरिकन खोपको मूल्य १५ सय, रुसी खोपको मूल्य ७ सय ५० र चाइनिज खोपको मूल्य ७ सय ५० भारतीय रुपैयाँ रहेको छ ।
नेपालमा पनि सिरमद्वारा उत्पादित कोभिसिल्डको प्रयोग भइरहेको छ । अहिले नेपालमा कोभिसिल्डको दोस्रो चरण जारी रहेको छ ।
प्रतिक्रिया