ताजा समाचार


पर्साबाट १९ किलो गाँजासहित एकजना पक्राउ

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १४: ४५ मा प्रकाशित




पर्सा । पर्साबाट १९ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली बस्ने उमर अन्सारी रहेको प्रहरीले जनाएको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त प्रतिबन्धित लागुऔषध गाँजासहित उनलाई विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

ना ३८ प ६२२६ नम्बरको मोटरसाइकलमा राखी भारततर्फ लैजाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको एसपी पाण्डेले बताए । मंगलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकेर चेकजाँच गर्दा उनको साथमा रहेका दुईवटा पोकाबाट गाँजा बरामद भएको थियो ।

बरामद गरिएको गाँजा, मोटरसाइकल र पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top