ताजा समाचार


सभामुख सापकोटा विरुद्धको सुनुवाई संवैधानिक इजलासमा

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १३: ०३ मा प्रकाशित




काठमाडौँ, वैशाख ८ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज हुने भएको छ। लामो समयदेखि पेसीमा नचढेको यो मुद्दालाई सर्वोच्च अदालतले अघि बढाउने संकेत गरेको हो। सर्वोच्च अदालतका अनुसार यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।
२०६२ सालमा तात्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन छ।
उनीविरुद्ध पूर्णिमाया लामाले पति अर्जुन बहादुर लामाको हत्या अभियोगमा ज्यान मुद्दा हालेकी थिइन्। तर पटक पटक पेसीमा चढे पनि यो मुद्दालाई सर्वोच्चले अघि बढाउन आनाकानी गरिरहेको थियो। सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइनेमा राखेर थन्क्याइरहेका बेला आज पेसीमा चढाइएको हो।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top