ताजा समाचार


सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १९: २६ मा प्रकाशित




पर्सा । पर्साको वीरगञ्जबाट सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अभिभावकले छोरीलाई डेरामा छोडेर काम गर्न गएको बेला ती युवकले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सर्राफले १० रुपैयाँ दिएर फकाएर बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका थिए । बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएपछि बलात्कारमा संलग्न युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका युवकमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top