ताजा समाचार


प्रदेश २ मा मंगलबार कोरोना संक्रमित एकजनाको मृत्यु, ९३ नयाँ संक्रमित थपिए

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १८: ४१ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने ९३ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् ।

आज मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुष रहेका छन् । उनको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ९ दिनअघि अस्पताल भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ । उनी श्वासप्रश्वासको समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त रहेका थिए ।

त्यस्तै, यस प्रदेशमा आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज, गौर अस्पताल रौतहट र नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा पर्सामा ५९, बारामा १४, रौतहटमा ६, धनुषामा ३, महोत्तरीमा ३, सर्लाहीमा ३ र सप्तरीमा ३ जना संक्रमित थपिएका छन् ।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ८२ पुगेको छ । आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १५ गरि प्रदेशभरिमा रहेको ५ सय ६ बेक्ष क्षमताका आइसोलेसनमा पर्सामा मात्रै १५ जना भर्ना रहेका छन् । महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् ।

यस प्रदेशमा सप्तरीमा ६, सिरहामा ९, धनुषामा ४८, महोत्तरीमा २३, सर्लाहीमा ७, रौतहटमा ३१, बारामा ८० र पर्सामा ३ सय ५० जना गरि जम्मा ५ सय ५४ जना व्यक्तिहरु होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा अहिले कुनैपनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइनहरु समेत खाली रहेका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा २१ हजार २ सय ६५, सिरहामा १२ हजार ५ सय ६०, धनुषामा २२ हजार १ सय ३०, महोत्तरीमा ९ हजार ५०, सर्लाहीमा १४ हजार ५ सय ९, रौतहटमा २४ हजार ४ सय ६, बारामा १२ हजार ६ सय १० र पर्सामा ३२ हजार ३ सय ६३ गरि जम्मा १ लाख ४८ हजार ८ सय ९३ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार ७ सय ८२ जना संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धनुषाका ४६ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज सप्तरीमा १५, धनुषामा ४६, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६, बारामा १४ र पर्सामा १ सय २७ गरि जम्मा २ सय १४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार ६ सय ६५ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ७ सय १२, रौतहटमा २ हजार २ सय ३, सर्लाहीमा २ हजार ५४, महोत्तरीमा १ हजार ८ सय ४९, सप्तरीमा १ हजार ८ सय ८५, बारामा १ हजार ७ सय ९४ र सिरहामा १ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ हजार ९ सय ९८ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३७ पुरुष र २ हजार ९ सय ६१ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ सय ६९ रहेको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४२ महिला र १ सय ७३ पुरुष गरि २ सय १५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५६, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top