ताजा समाचार


नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १७: १९ मा प्रकाशित




काठमाण्डौ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । २०७ रनको लक्ष्य पाएको नेदरल्याण्डले १९.३ ओभरमा २०९ रन बनाउँदै जित हात पार्यो ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए पनि खेल नेपालको पक्षमा पार्न सकेनन् । नेदरल्यान्डका बास डि लीड र बेन कुपरले अर्धशतकीय पारी खेले । अविजित ८१ रनको पारी खेलेका लीडले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । १३औँ ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराउनुअघि कुपरले ३५ बलमा १० चौका प्रहार गरे । कप्तान पिटर सिलारले ३१ र टोवियस विसेले १५ रनको योगदान दिए ।

नेपालका सन्दीप लामिछानेले ४,करण केसी कुशल मल्ल र अभिनाश बोहराले समान १–१ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको योगफल तयार पारेको थियो । नेपालका कुशल भुर्तेल र दिपेद्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।

६२ रन जोडेका कुशलले १५ औँ ओभरको तेस्रो बलमा भिभियन किंग्माले बास डि लीडबाट क्याच गराउनुअघि ४६ बल ८ चौका र १ छक्का प्रहार गरे । ६० रन बनाएका ऐरीलाई १६ औं ओभरको तेस्रो बलमा पिटर सिलारले टोवियस विसेबाट क्याच गराए । उनले ३० बल ३ चौका र ५छक्का प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्ल २० रन, कुशल मल्ल १८,अविजित रहेका सोमपाल कामीले २१ र विनोद भण्डारीले ७ रन जोडे । करण केसी १ रन आउट हुँदा आसिफ शेखले खाता खेल्न सकेनन् । नेदरल्यान्डका भिभियन किंग्मा र पिटर सिलारले समान २–२ लिँदा आर्यन दत्त र बास डि लीडले समान १–१ विकेट लिए । यो नेपालको पहिलो हार हो ।

उसले पहिलो खेलमा नेदरल्याण्ड र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो जित दर्ता गरेको नेदरल्यान्डले दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top