ताजा समाचार


वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १७: १२ मा प्रकाशित




पर्सा । पर्साको वीरगञ्जमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएको छ । सोमबार राति वीरगञ्ज महानगरपालिका–१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सो पुरुषको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ९ दिनअघि अस्पताल भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनी श्वासप्रश्वासको समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त रहेका थिए । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top