ताजा समाचार


पत्रकार महासंघ महोत्तरीका सचिव महतोमाथि प्रहरीको दुव्र्यवहार, महासंघद्वारा प्रहरी ज्यादतीको निन्दा

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १६: ५९ मा प्रकाशित




जनकपुरधाम । इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गरिरहेका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतो भिडियो कैद गर्न खोज्दा प्रहरीले उनीमाथि दुव्र्यवहार गरेको हो ।

अन्नपुर्ण पोष्टका महोत्तरी संवादाता पत्रकार महतोलाई प्रहरीले गाली बेइज्जती गर्दै हातपात समेत गरेका छन् । पत्रकार महतोको मोबाइल खोसेर उनले खिचेका भिडियो र फोटो प्रहरीले डिलिट गरिदिएको बताइएको छ ।

कार्यालयमा भइरहेको छलफलमा विवाद भएको र विवादको तस्वीर अनुमति विना खिचेका कारण प्रहरीले मोवाइल नियन्त्रणमा लिएर फोटो र भिडियो डिलेट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसैबिच, सचिव महतोमाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनालगत्तै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले एक विज्ञप्ती जारी गर्दै प्रहरी ज्यादतीको तिव्र निन्दा गर्दै सरकार सरकारका मातहतका अन्य निकायलाई आफ्नो व्यवहार तत्काल सुधार गर्न आग्रह गरेका छन् ।

साथै घटनाको यथार्थ बुझ्न महासंघ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा सह–सचिव रामनारायण महतो र धनविर महतो समेत गरी ३ सदस्यीय समिति गठन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top