ताजा समाचार


आगोमा जलिरहेको अवस्थामा मोटरसाइकल बरामद

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १६: १७ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशन छेउमा आगोमा जलिरहेको अवस्थामा एउटा मोटरसाइकल बरामद भएको छ । गस्तीमा खटिएको प्रहरी टोलीले आगो लागेको अवस्थामा मंगलबार बिहान करिब साढे २ बजे मोटरसाइकल फेला पारेका हुन् ।

रेल्वे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोद साहले भने, ‘हामीले मोटरसाइकलमा आगो बलिरहेको देखेपछि आगो निभाएर उक्त मोटरसाइकल प्रहरी चौकी ल्याएका छौं ।’

उनले नम्बर खुल्न नसकेको उक्त मोटरसाइकल पूर्ण रुपमा जलिसकेको बताए । मोटरसाइकल कसको हो भन्नेबारे केही खुल्न नसकेको उनले जानकारी दिए ।

आगो कसले र किन लगाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top