ताजा समाचार


आजदेखि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: ५८ मा प्रकाशित




काठमाण्डौ । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई आजदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजार व्यक्तिलाई दोस्रो डोज दिइने छ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top