ताजा समाचार


नेकपा एमालेले ३२ नेतालाई कारवाहीको तयारीसहित स्पष्टीकरण पत्र पठाउने

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: ४६ मा प्रकाशित




काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले पार्टी हितविपरीत काम गरेको आरोपमा ३२ जना नेताहरुलाई कारवाही तयारीसहित स्पष्टीकरण पत्र पठाउने भएको छ ।

सोमबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार ती नेताहरुलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न लागिएको हो । सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको निर्देशनमा कर्णाली प्रदेशमा फ्लोर क्रस गरिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका थिए । उक्त निर्णय अक्षम्य भएको भन्दै ओलीले नेता नेपालसहित माथि थप कारबाही अघि बढाउने जनाएका थिए ।

बालुवाटार बैठकको निर्णयानुसार एमालेले संघीय संसदका २७ जना सांसदलाई स्पष्टीकरण सोध्न लागेको हो । त्यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न पाँचजना प्रदेश सांसदलाई पनि स्पष्टीकरण सोधिँदैछ । संघ र प्रदेशका सहित ३२ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण पत्र पठाउन लागेको धुम्बाराही स्रोतले जनाएको छ ।

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको समय दिएर स्पष्टीकरण सोध्दैछ । बाँकी संघीय र प्रदेश सांसदहरुलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको पत्र एमालेले आजै बुझाउँदैछ । सोमबारको बालुवाटार बैठकपछि स्पष्टीकरण सोधिने सांसदहरुको विवरण तयार भइसकेको छ ।

यदि यो स्पष्टीकरणको पनि चित्त बुझ्दो जवाफ नेताहरुले नदिएमा उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट समेत निलम्बन तयारी एमालेले गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एमालेमै बसेर पार्टीलाई तहसनहस बनाउन लागेको निचोडसहित ओली आक्रमक भएका हुन् ।

माओवादी केन्द्रसँग पार्टी एकता नभए चुनावी गठबन्धनसम्मको तयारी नेपालले गरेपछि ओली उनीसँग सम्झौताभन्दा कारबाहीको दिशामा अघि बढेका हुन् ।

कारवाहीमा पर्न लागेका नेताहरु
१) माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) सुरेन्द्र पाण्डे
४) घनश्याम भुसाल
५) भीम रावल
६) झपट रावल
७) पवित्रा निरौला
८) मेटमणि चौधरी
९) जीवनराम श्रेष्ठ
१०) यज्ञराज सुनुवार
११) विरोध खतिवडा
१२) सोमप्रसाद पाण्डे
१३) जयकुमार राई
१४) दिपकप्रकाश भट्ट
१५)भवानी खापुङ
१६) गणेश पहाडी
१७) नारायण खतिवडा
१८) योगेशकुमार भट्टराई
१९) लक्ष्मीकुमारी चौधरी
२०) पुष्पाकुमारी कर्ण कायस्थ
२१) हिराचन्द्र केसी
२२) कल्याणी खड्का
२३) नीरादेवी जैरु
२४) रामकुमारी झाक्री
२५) सरलाकुमारी यादव
२६) मुकुन्द नेउपाने
२७) कृष्णलाल महर्जन

कर्णाली प्रदेशका सांसदः
१) अम्बरबहादुर थापा
२) नन्दसिंह बुढा
३) देवी ओली
४) प्रकाश ज्वाला
५) कुर्मराज शाही
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top