ताजा समाचार


जिल्ला अस्पताल सिरहामा आकस्मिकबाहेकका सबै सेवा बन्द

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: २४ मा प्रकाशित




सिरहा । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

संक्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

यादवले भने,‘अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने छ ।’

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top