ताजा समाचार


जनकपुरधामका विद्यालयहरु पनि बैशाख मसान्तसम्म बन्द रहने

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १८: ५२ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरु पनि बैशाख महिनाभरि बन्द हुने भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जनकपुरधामसहित देशका ६ महानगरपालिका र ४० स्थानीय तहका स्कुल, कलेजसहितका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाण्डौ उपत्यकाका सबै महानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द रहनेछन् ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

राजविराज, मेचीनगर, विर्तामोड, दमक, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थीलाई उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top