ताजा समाचार


नेता नेपालसहित २० जनामाथि थप कारबाहीको निर्णय

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १७: १२ मा प्रकाशित




काठमाण्डौ । एमाले महाधिवेशन आयोजक कमिटीको सोमबार बालुवाटारमा बसेको बैठकले माधव नेपालसहितका केन्द्रका ४ निलम्बित नेता तथा प्रकाश ज्वालालगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालासहित ५ जना नेताहरुलाई अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।

कानुनबमोजिम मनासिव माफीको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारबाही हुने अध्यक्ष ओलीले बताए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top