ताजा समाचार


नेपालमा सोमबार १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १७: ०८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा सोमबार थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार १ पिसिआर परीक्षणबाट १ हजार २ सय २७ र ५ सय ४७ एन्टिजेन परिक्षणबाट थप ५४ जनामा गरी कुल १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ७ हजार २ सय ५४ जना आइसोलेसन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पिसिआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै, सोमबार थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ । नेपालमा थप २ सय ५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७५ हजार ५ सय ५५ जना संक्रमितहरु निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top