ताजा समाचार


वैदेही ग्रुप अफ फाउण्डेशनद्वारा एसिड पीडित आरतीलाई आर्थिक सहयोग

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १४: ०४ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामकी एसिड पीडित आरती साहलाई आर्थिक सहयोग गरिएको छ ।

वैदेही ग्रुप अफ फाउण्डेशनले एसिड आक्रमणकी पीडित साहलाई दश हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

फाउण्डेशनले आरतीको आर्थिक अवस्था कमजोर रहेकोले आफ्नो संस्थाको मद्दतले थप सहयोग पुगोस् भन्ने ध्येयले १० हजार रुपैयाँ प्रदान गरेको छ । फाउण्डेशनका प्रतिनिधि युवा अभियन्ता कैयुम राईन र बसन्त साह आरतीको घरमै पुगेर सहयोग गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर–२० घर भई वडा नम्वर–७ स्थित डेरा लिएर बस्दै आएकी आरती साहमाथि उनका श्रीमान सञ्जीव साहले नै एसिड प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top