ताजा समाचार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १३: ४४ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार दिउँसो सवा १ बजे अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता पोखरेललाई सरकारबाट बिदा गर्न यी दुई दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दर्ता गराएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई अघि सारिएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री भएकाहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले राजीनामा दिने तयारी गरेको मन्त्री केसीको सचिवालयका एकजना सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top