काठमाण्डौ । संघीय संसदको चालु हिउँले अधिवेशन अन्त्य गरिएको छ । संसद अधिवेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि संसद आज दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गरिएको पत्र राष्ट्रपतिले सभामुखलाई पठाएकी हुन् ।
राष्ट्रपतिले सभामुखलाई प्रेषित गरेको पत्रमा ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बैशाख ६ गतेको सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन बैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको उल्लेख छ ।
प्रतिक्रिया