ताजा समाचार


सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरिँदै

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १३: २७ मा प्रकाशित




कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरिने चर्चा चलिरहेका वेला प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गर्न लागिएको छ ।

प्रदेशसभाको सातौं अधिवेशन मंगलबार रातिदेखि अन्त्य गर्ने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबारबाट प्रदेशसभा बैठकको अन्त्य गर्ने निर्णय गरेको उनले बताए । अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top