ताजा समाचार


पिडारी चोकमा ‘परिवार द फूड ल्याण्ड’ सञ्चालित

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १९: २१ मा प्रकाशित




जनकपुरधाम । धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरधाममा पर्यटन प्रवद्र्धनमा टेवा पुर्यायने उद्देश्यले थप एउटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको छ ।

स्थानीय पिडारी चोकमा १ करोड १० लाखको लागनीमा ‘परिवार द फूड ल्याण्ड’ नामक होटेल सञ्चालनमा ल्याइएको हो । नयाँ वर्षसँगै सञ्चालनमा ल्याइएको यो होटेलको आइतबार पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका छन् ।

पर्यटकलाई लक्षित गरी होटेल सञ्चालन नभएको अवस्थामा ‘परिवार द फूड ल्याण्ड’ सञ्चालनमा ल्याइएको होटेलका सञ्चालक पप्पु कुमार यादवले जानकारी दिए । उनले पर्यटकहरु यहाँ आए पनि पर्यटनमैत्री होटेल नहुँदा चाँडै फर्कने अवस्था आएको त्यस अवस्थालाई दृष्टिगत गर्दै ‘परिवार द फूड ल्याण्ड’ सञ्चालनमा ल्याइएको बताए ।

३ तलाको होटेलमा अत्याधुनिक लिभिङ्ग रुमका साथै रेस्टुरेन्टको पनि व्यवस्था रहेको छ । सञ्चालक यादवले भने, ‘ग्राहकको आवश्यकतालाई हेरी हामी खानाको परिकार बनाउँछौ । साथै यहाँ पार्किङको व्यवस्था हुनुका साथै २४ सै घन्टा तातो–चिसो पानीको व्यवस्था र इन्टरनेटको सुविधा उपलब्ध गराइने छ ।’

पप्पु कुमार यादव, विजय कुमार साह र सुनिल कुमार साहले संयुक्त रुपमा लगानी गरी होटेल सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top