ताजा समाचार


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १७: २४ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आन्तरिक कारणले स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस नेताहरुबीच बैठकका एजेन्डामा सहमति नजुट्दा बैठक स्थगित भएको बताइएको छ ।

अहिले शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । बैठक भोलि अपराह्न ४ बस्नेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top