ताजा समाचार


नेपालमा आज १०९६ कोरोनाका नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १७: १७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जसमा पिसिआर परीक्षणबाट १ हजार १५ र एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ५ हजार ८४ पिसिआर परीक्षण गरिएको छ । ६ सय ९९ को एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । २४ घण्टामा २ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३ हजार ८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३ सय २६ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top