ताजा समाचार


नेपालमा कोरोना संक्रमणबाट ५ वर्षमुनिका १० बालबालिकाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १७: १० मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट १० जना बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट ५ वर्षमुनिका १० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

गौतमका अनुसार नेपालमा हालसम्म ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जना बालबालिका संक्रमित भएका छन् । अहिले ५१ जना बालबालिकाको उपचार भइरहेको उनले बताए ।

कोरोनाको दोस्रो लहर चलेपछि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा मात्रै २२ जना बालबालिका उपचारका लागि पुगेका थिए । जसमा २ जना कोरोना संक्रमित बालबालिकाको उपचारका क्रममा ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top